बिवाइडीको अट्टो२ मा उत्कृष्ट फिचर्स, बुकिङ गर्नेलाई आकर्षक अफर
काठमाण्डौ। चिनियाँ गाडी उत्पादक कम्पनी बिवाइडीको स्मल एसयुभी अट्टो२ सार्वजनिक भएको छ । भृकुटी मण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा बिवाइडीले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी अट्टो२ सार्वजनिक गरेको हो ।बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शोमा उक्त गाडी सो गाडी लन्च गरेको हो। बीवाइडी अट्टो२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम र ह्वीलबेस २६२० एमएम...

