४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आाएको छ । नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६६ प्रतिशत र निर्जीवन बीमा समूह ०.७२ प्रतिशतले...

