१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७८ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ । आज...

