बजार खुलेको १० मिनेटमै डेढ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहित
काठमाण्डौ । बजार परिसूचक(नेप्से)मा आज(बुधबार) कारोबार खुलेदेखि नै उछाल देखिएको छ । करिब सर्किट लेभलमा पुगेको नेप्से परिसूचक खुलेलगत्तै ह्वात्तै बढेर २८०० विन्दू नजिक पुगी करेक्सनको चरणमा छ । नेप्से परिसूचक २७७१.४८ को विन्दूमा पुगेर फर्किएको हो ।

