झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४३८.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ८...

