दुई लघुबीमाको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ४.३६ प्रतिशत र निर्जीवन बीमा समूह २.५६ प्रतिशतले...

