नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता...

