दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी
काठमाण्डौ । साताको चौथो कारोबार दिन अर्थात् आव २०८१/८२ को अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.०४ प्रतिशत र...

