रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा ३३ गुणा बढी आवेदन, साढे ५ लाखको हात खाली हुने पक्का !
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।

