उच्च अंकको वृद्धिका साथ नेप्सेमा बाउन्स ब्याक, व्यापार समूहमा उछाल
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १११.७० अंकले बढेर २ हजार ६२३.६२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३७ प्रतिशतले बढेर ४५५.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको २ करोड ३२ हजार २२४ कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख...

