परिसूचक र कारोबार चार महिना पछिकै उच्च, जानकार भन्छन्, ‘सकारात्मक मौद्रिक नीतिको परिणाम’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३४.६१ अंकले बढेर २ हजार ७९४.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ४८९.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर...

