नेप्सेमा सामान्य अंकको सुधार, जानकार भन्छन्, ‘बैंकको रिपोर्टले बजारको आगामी यात्रा तय गर्नेछ’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५४ प्रतिशतले घटेर ४३९.०१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९९ वटा स्क्रिप्टको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता...

