हाथवे इन्भेष्टमेन्टद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी कात्तिक २५ गते आइतबारका दिन काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आव २०८०/८१ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर...

