२५ सय विन्दुबाट तल झर्यो नेप्से, फाइनान्स समूहमा सर्वाधिक गिरावट
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५८.९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५५ लाख ४ हजार ९२९...

