नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।

