राप्ती हाईड्रोद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनी हुन्छन् हकप्रदका लागि योग्य ?
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।

