धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री
काठमाण्डौ । अर्थ मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार धितोपत्र बोर्डको अध्यक्षमा १९ जनाले आवेदन दिएका छन् । सो पदका लागि आवेदन दिने आज अन्तिम दिन हो । मंगलबारसम्म बोर्ड अध्यक्षको लागि ४ जनाले मात्र आवेदन दिएकोमा बुधबार अपरान्ह ५ बजेसम्म कुल १९ जनाको आवेदन परिसकेको छ ।

