युनिलिभर नेपालको अधिकृत पूँजी वृद्धि, २.१४ अर्ब कायम
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान सेयरहरुमा विभाजित गरेको छ । उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ...

