नेप्सेमा दुई कम्पनीको १२.४१ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१.६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४०.६५ कित्ता गरी कुल १२ लाख ४१ हजार ६४२.३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

