जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'
काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो । यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए । दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो ।

