मोरङका तीन क्षेत्रमा मतगणना सुरु, रास्वपाको प्रारम्भिक अग्रता
मोरङ । मोरङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार ती क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।
TRENDING
मोरङ । मोरङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार ती क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।
मोरङ — मोरङ निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत कटहरी गाउँपालिका–१ र २ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष पराजुलीले फराकिलो अग्रता लिएका छन्। उनले कटहरी–१ र २ बाट गरी ३ हजार ८५८ मत प्राप्त गरेका छन्।
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मतगणनाको पछिल्लो परिणाममा अग्रता लिएका छन्।सुरुवाती गणनामा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेभन्दा पछि परेका लामिछानेले पछिल्लो मतगणनामा उनलाई उछिन्दै अगाडि बढेका हुन्।
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाएको छ।तिलोत्तमा नगरपालिका–१३ र ओमसतिया गाउँपालिका–२ को गरी ४ हजार ६० मतमध्ये हालसम्म २ हजार १६७ मत गणना हुँदा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले १ हजार ३७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले अग्रता कायम गरेका छन्।सुरुवाती नतिजाअनुसार जबराले ५२२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मतका साथ पछ्याइरहेका छन्।
काठमाण्डौ । काठमाडौँ–५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले स्पष्ट अग्रता बनाएका छन्।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन्।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाबाट आएका प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेख्य अग्रता देखाएका छन्।देशभरका २९ निर्वाचन क्षेत्रबाट सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाले २६ क्षेत्रमा अग्रता बनाएको छ। सुरुवाती रुझानमै रास्वपाले अधिकांश क्षेत्रमा स्पष्ट अग्रता लिँदै अन्य प्रमुख दलहरूलाई पछि पारेको देखिएको छ।
काठमाण्डौ । नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले खुशी व्यक्त गर्दै बधाई दिएको छ।भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा नेपालमा सम्पन्न निर्वाचनलाई स्वागत गर्दै निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको जनाएको छ।
नेपालको लोकतान्त्रिक इतिहासमा आज एउटा स्वर्णिम अध्याय थपिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ (फागुन २१, २०८२ / मार्च ५, २०२६) इतिहासकै सबैभन्दा शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचनका रूपमा दर्ज भएको छ। यो सफलताको केन्द्रमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अभूतपूर्व, दृढ र निस्वार्थ नेतृत्व छ।२०८२ भदौमा Gen Z युवाहरूको व्यापक आन्दोलनले देशलाई गहिरो...
काठमाण्डौ । आज सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मुस्ताङमा कुल ५६.४७ प्रतिशत मत खसेको छ । प्रत्यक्षतर्फ हालसम्म ६ हजार ३९७ मतदाताले आफ्नो मत प्रयोग गरेका छन्। यसमध्ये ३ हजार २२६ पुरुष, ३ हजार १७० महिला र १ अन्य मतदाताले मतदान गरेका छन्।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै काठमाडौँका विभिन्न क्षेत्रमा मतगणनाको तयारी सुरु भएको छ।निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं. १ को मतगणना सहकारी विभागमा गरिनेछ। क्षेत्र नं. २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा, क्षेत्र नं. ३ को चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा र क्षेत्र नं. ४ को मतगणना बूढानीलकण्ठ नगरपालिकाको...
काठमाण्डौ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई मतदानको दिन हेलिकोप्टर प्रयोगको अनुमति दिएको प्रष्ट पारेका छन् । बालेनको नाम नलिई उनले आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको र अरु दलका नेताहरुलाई समेत त्यस्तो स्वीकृति दिइने गरिएको प्रष्ट पारेका हुन् ।
काठमाण्डौ । बिहीबार सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलनमा मतदानको अवस्था र प्रतिशतबारे जानकारी दिएका हुन्। उनले केही स्थानमा मतदान अझै जारी रहेको र मतदान समय साँझ ५ बजेसम्म कायम रहने पनि बताएका छन्।निर्वाचन आयोगका अनुसार, तोकिएको समयमा मतदान स्थलमा प्रवेश...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले मतदातासहित सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल तथा नागरिक समाजलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
काठमाण्डौ । नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले बिहीबारको चुनावपछि नयाँ निर्वाचित सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेकी छिन्।बीबीसी नेपालीसँग विशेष कुरा गर्दै कार्कीले भनिन्, ‘हेरौं कस्तो सरकार गठन हुन्छ, गठबन्धन सरकार हो कि एकल दल सरकार। हामी छिटो हस्तान्तरणको प्रयास गर्नेछौं किनभने युवाहरूको नयाँ सरकारसँग ठूलो अपेक्षा छ।’
काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उठेका प्रत्यक्षतर्फका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । मतदान समाप्त भएसँगै बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले आफूले जित्नेमा ढुक्क रहेको बताएका हुन् ।
काठमाण्डौ । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भइसकेको छ। प्रमुख निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतगणनाका लागि सम्पूर्ण तयारी सम्पन्न भएको हो ।
काठमाण्डौ । निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण दिन साँझ ६ बजेर १५ मिनेटमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.