राजश्व छुट लिने माथि छानबिन गरी कर असुल्ने हो भने एक वर्षमै हुम्लामा रेल पुग्छ: सांसद छिरिङ डम्डुल लामा
काठमाण्डौ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिदै राजश्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताएका हुन् ।