हारपछि अप्ठ्यारोमा गगन, राजीनामा दिँदैछन् ?
सर्लाही ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।अघिल्ला तीन निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले १२ हजार ८५७ मतको अन्तरले हराएका छन्।

