ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष, कार्यान्वयनमा जोड
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को बजेट आईटी र आईसीटी क्षेत्रका लागि सकारात्मक रहेको निष्कर्ष कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले निकालेको छ ।सरकारलाई यसअघि पेश गरिएको २५ बुँदे सुझावमध्ये धेरैजसो माग बजेटले सम्बोधन गरेको ठहर गर्दै क्यान महासंघले बजेटप्रति आभार व्यक्त...