जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध गराउने निर्णय
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् ।स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् ।मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग,...

