मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोहीलाई स्वास्थ्यमन्त्रीको सम्मान
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे । ‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने,...