कम उमेरमा स्वास्थ्य बीमा किन गर्ने ? यस्ता छन् फाइदा
काठमाण्डौ । आधुनिक जीवनमा बीमाको एकदमै महत्व हुने गर्छ । बढ्दो जोखम र अनिश्चितताका कारण बीमाको महत्व झनै बढेको छ । यसमाथि बदलिदो जीवनशैली,वातारण प्रदुषण,नयाँ–नयाँ रोगको जोखिम र अखाद्य वस्तुको बढ्दो प्रयोगले स्वास्थ्य बीमाको महत्वको उचाई चुलिएको छ ।स्वास्थ्य बीमा गर्दा यसले चिकित्सा उपचार खर्चको कभरेज प्रदान गर्छ । आमरुपमा बीमासँग सम्बन्धित विज्ञहरुले जतिसक्दो कम...

