एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, सेबोनले अनुसन्धानका पुराना फाइल खोल्दा लगानीकर्तामा त्रास
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५५.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ३७ लाख ३०७ कित्ता सेयर ४ अर्ब ७७...

