‘आरविवि फोकस ४०’ को इकाई बाँडफाँड स्थगित
काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० योजनाको इकाई बाँडफाँड स्थगित भएको छ ।
TRENDING
काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० योजनाको इकाई बाँडफाँड स्थगित भएको छ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरु कल्याणकारी कोष र कर्मचारी सुरक्षण कोष खारेजीको माग गर्दै विगत ४० दिनदेखि आन्दोलनमा छन् । उनीहरुले आफूहरुविरुद्ध अर्थमन्त्रालयले अन्याय गरेको भन्दै ४० दिनदेखि नै कामकाज समेत ठप्प पारेका छन् । सेबोनका कर्मचारीहरुमाथि साच्चिकै अन्याय भएको हो त ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त दस्तावेजले भने कर्मचारीहरुको...
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर १२ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको वित्त खर्च घटेसँगै नाफामा सामान्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनी समीक्षा अवधिमा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा...
काठमाण्डौ । आज दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिटिजन्स बैंक इन्टरनेशनल र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र...
काठमाण्डौ । सिटि होटल लिमिटेडले साढे २१ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः०.८० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कुल सेयर संख्यामा १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था १ करोड २४ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७८.१९ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड ४६ लाख...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यो साता चार कारोबार दिनमा तीन दिन सेयरबजार बढ्यो भने एक दिन घट्यो । नेप्से परिसूचक यो साता ९६.५३ अंक वा ३.८६ प्रतिशतले बढेर २६००.३८ विन्दुमा पुगेर बन्द भयो । यो साता सबैभन्दा बढी मंगलबार ६२.३० अंकको वृद्धि भएको थियो । जुन दिन ४ अर्ब ५७ करोड रुपैयाामाथिको सेयर कारोबार भएको थियो । यो हप्ताभरि कुल कारोबार रकम २० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुको आन्दोलन थप उग्र बनेको छ । तिहारअघि लगानीकर्ताको एउटा समूहसँग साँठगाँठ गरी आफ्नै अध्यक्ष र केही सञ्चालकहरुलाई सुनियोजित ढंगले बैठक कक्षमा अबेर रातिसम्म थुनेका सेबोनका कर्मचारीहरुमाथि अर्थ मन्त्रालयले एक्सन नलिँदा उनीहरुको मनोबल बढ्दै गएको देखिएको छ । फलस्वरुप अर्थ मन्त्रालयले पठाएको...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सेयरबजारका लागि लाभांश सिजन सुरु भएको छ । धमाधम विभिन्न कम्पनीले लाभांश प्रस्ताव गर्न थालेका छन् । विशेषगरी असोज, कात्तिक र मंसिर यो तीन महिना लाभांश घोषणको सिजन मानिन्छ । हालसम्म २६ सूचीकृत कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जसमा दुईवटा लघुवित्त संस्थाले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । गुराँस लघुवित्त र आरएसडीसी लघुवित्त संस्थाले नेपाल...
काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो । बैंकको २० औं साधारण सभा मंसिर ६ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत नगद...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन...
काठमाण्डौ । कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते कम्पनीको प्रधान कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात गुराँस लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २०२१.८८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २३१० रुपैयाँ कायम...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ३ जनालाई थप एक/एक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.