झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारलाई कारोबारको साथ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४० अंकले बढेर २ हजार ७०६.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४६३.७९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब...

