सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले सेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै २ करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो । गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा कुल ३ करोड ३ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६१९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा जम्मा ४२ लाख १४ हजार...

