नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

