सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित...

