बजारमा दोहोरो अंकको गिरावट,कारोबार बढ्दा जोशी हाईड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंक अर्थात १.४३ प्रतिशतले घटेर १ हजार ९७२.०९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले घटेर ३५१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब...

