सपोर्ट लघुवित्तको नाफामा ९४.८९% को उछाल, खराब कर्जा अनुपात पनि घटाउन सफल
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.८९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।...

