सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।

