बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम थियो ।

