डलरको भाउ आजपनि बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४१ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको थियो ।

