डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४७.७६ रुपैयाँ र बिक्रीदर १४८.४१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.६१ रुपैयाँ र बिक्रीदर १७७.३८ रुपैयाँ कायम छ ।

