शोधानान्तर स्थिति ५.१८% ले घट्यो, चालु खाता भने १६.९०% ले वृद्धि
काठमाण्डौ । शोधनान्तर स्थिति ३ खर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अुनसार चालु आवको ९ महिनासम्ममा शोधानान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति गत आवको सोही अवधिसम्मको तुलनामा ५.१८ प्रतिशतले घटेको छ ।

