मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो, यातायात अवरुद्ध
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खसेपछि सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो। दिउँसो २ः१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो हटाउन तत्काल एउटा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ।पहिरो पन्छाउने कार्यलाई तीव्र बनाउन थप दुई वटा उपकरण समेत...

