जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनमा थप ४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको हो ।

