गगन थापाको घरमा आगजनी
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्।
TRENDING
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्।
काठमाण्डौ । सुरक्षा निकायहरुको सहयोगमा प्रमुख दलका शीर्ष नेताहरु घरबास छाडेर सुरक्षित स्थानमा सर्न थालेका छन् । सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार एमाले, कांग्रेस, माओवादी लगायतका दलका शीर्ष तथा अन्य नेताहरुलाई हेलिकोप्टर प्रयोग गरेर सुरक्षित स्थानतर्फ सार्न थालिएको हो ।
काठमाण्डौ । प्रहरीले सोमबार दमन गरी २० जेनजी प्रदर्शनकारीको निर्मम हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित सर्वसाधारणले ललितपुरको च्यासलस्थित एमाले पार्टीको मुख्यालयमा आगो लगाएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै त्यहाँ पुगेका प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय रहेको मुख्य भवनको चारैतिर आगो लगाइदिएका छन् । कार्यालयभित्र प्रवेश...
काठमाण्डौ काठमाण्डौको कलंकीमा प्रहरीले गोली चलाएको छ । त्यहाँ बिहानैदेखि झडप भइरहेको थियो । प्रहरीले बाटो हिँडिरहेका सर्वसाधारणमाथि समेत दमन गरेको थियो । जथाभावी कुटपिट गरेको थियो ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्रीले आज(मंगलबार) साँझ ६ बजे बालुवाटारस्थित आफ्नै सरकारी निवासमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
झापा । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि मंगलबार झापामा प्रहरीले गोली चलाएको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको एक सांसदले जानकारी दिएका छन्।
काठमाण्डौ । भक्तपुरको बालकोट क्षेत्रमा गोली चल्दा दुई जना घाइते भएका छन्।
काठमाण्डौ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको जेनजी प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि भएको दमन र व्यापक जनधनको क्षतिपछि सरकारले गरेको भूमिकाप्रति असहमति जनाउँदै उनले पदत्याग गर्ने घोषणा गरेका हुन्।
काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा सार्वजनिक र मालवाहक सवारी साधन सञ्चालन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहको शान्तिपूर्ण प्रदर्शनमाथि भएको सरकारी दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै, शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको...
काठमाण्डौ । जेनजी आन्दोलन मंगलबार थप आक्रामक बनेको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरूले विभिन्न राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निवासमा आगजनी र तोडफोड गरेका छन्।
काठमाण्डौ । नेपाली कांग्रेसबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको सामूहिक राजीनामा आउने भएको छ । एक मन्त्रीका अनुसार सरकारबाट बाहिरिने दबाब बढ्दै गएपछि नेपाली कांग्रेसका मन्त्रीहरू भैंसेपाटीस्थित निवासमा सामूहिक छलफलमा बसेका छन्। सो छलफल सामूहिक राजीनामा गर्ने विषयमा केन्द्रीत रहेको छ ।
काठमाण्डौ । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुल मंगलबार बिहान प्रदर्शनकारीको आक्रमणमा परेर आगजनी भएको छ।ललितपुर प्रहरीका अनुसार घटनास्थलतर्फ पठाइएको दमकललाई प्रदर्शनकारीले फर्काइदिएका कारण आगो नियन्त्रणमा लिन नसकिएको हो।
काठमाण्डौ । सोमबार बानेश्वरमा नरसंहार मच्चाएका सुरक्षाकर्मीले मंगलबार पनि दमनकै रबैया अपनाइरहेका देखिएको छ । काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन उग्र बन्दै गइरहेको बेला सुरक्षाकर्मीले काठमाण्डौको कलंकी क्षेत्रमा सर्वसाधारणमाथि दमन गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका र बाटो हिँडिरहेकाहरुलाई समेत प्रहरीले जथाभावी कुटपिट गरेको दृश्य...
काठमाण्डौ । मंगलबार देशभर प्रदर्शन चर्किएको छ । केपी ओली नेतृत्वको सरकारले निर्मम ढंगले प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका २० जनाको गोली हानी हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित जनमानसले बिहानैदेखि काठमाण्डौ लगायतका देशका प्रमुख शहरी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सरकारले बानेश्वरमा मच्चाएको नरसंहारका कारण आफू रातभरि सुत्न नसकेको बताएका छन् । सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै उनले अबोध युवाहरु अनाहकमा मारिएको क्रूर दृश्य आँखै अगाडि घूमेका कारण पीडाले रातभरि सुत्न नसकेको बताएका हुन् ।
काठमाण्डौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिले मन्त्री पदमा निरन्तरता दिन नसक्ने भन्दै उनले यस्तो कदम चालेका हुन्।
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। जेनजीले हिजो गरेको आन्दोलनमा सुरक्षाकर्मीले देखाएको कठोर व्यवहारप्रति आक्रोश व्यक्त गर्दै उनले पदत्याग गरेको घोषणा गरेका हुन्।
काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा २० जनाभन्दा बढीको निर्मम हत्या भई सयौंलाई गोली प्रहार गरिएपछि आक्रोशित बनेको जमातले दोश्रो दिन सोमबार प्रदर्शनलाई चर्काएको छ । सर्वसाधारण स्वस्फूर्त रुपमा काठमाण्डौका मुख्य ठाउँहरुमा कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
काठमाण्डौ । आजपनि काठमाण्डौको नयाँ बानेश्वरस्थित संसद भवन अघि युवाहरु भेला हुन थालेका छन् । युवाहरुको समूह बिहानैदेखि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सोमबार भएको जेनजी समूहको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरु विरोधमा उत्रिएका थिए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.