शुक्रबार, बैशाख २५,२०८३ 02:55:44
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 02:55:44
२० जेनजी प्रदर्शनकारीको मृत्युपछि सत्तारुढ दलको बैठक बालुवाटारमा
NEWS

२० जेनजी प्रदर्शनकारीको मृत्युपछि सत्तारुढ दलको बैठक बालुवाटारमा

काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा देशभर २० जनाको मृत्यु भई ४०० बढी घाइते भएपछि सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।  प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका शीर्ष नेताहरु सम्मिलित बैठक केहीबेरअघिदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको हो । 

प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु
NEWS

प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु

इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ । 

१८ जनाको मृत्युपछि बोल्यो मानवाधिकार आयोग, ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’
NEWS

१८ जनाको मृत्युपछि बोल्यो मानवाधिकार आयोग, ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’

काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ ।  अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो । 

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिपजको अपिल
NEWS

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिपजको अपिल

काठमाण्डौ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिपज) आज काठमाण्डौ तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  ‘सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका...

जेनजी प्रदर्शनमा भएको दमनप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण
ECONOMY& POLITICS

जेनजी प्रदर्शनमा भएको दमनप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।  

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी
ECONOMY& POLITICS

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी

काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो ।  ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...

उग्र बन्दै जेनजी आन्दोलन, इटहरी,भैरहवा र बुटवलमा पनि कर्फ्यु जारी
NEWS

उग्र बन्दै जेनजी आन्दोलन, इटहरी,भैरहवा र बुटवलमा पनि कर्फ्यु जारी

काठमाण्डौ । जेन–जीको प्रदर्शन उग्र बन्दै गएपछि इटहरी,भैरहवा र बुटवलमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।  

रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
ECONOMY& POLITICS

रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।  

एमाले पार्टी कार्यालय घेर्न पुगे जेनजी, प्रहरीले रोकेपछि च्यासलको पुलमा बसेर नाराबाजी
NEWS

एमाले पार्टी कार्यालय घेर्न पुगे जेनजी, प्रहरीले रोकेपछि च्यासलको पुलमा बसेर नाराबाजी

काठमाण्डौ । बानेश्वर क्षेत्रमा कफ्र्यू लागेपछि केही प्रदर्शनकारीहरु सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेका छन् । 

जेनजीमाथि देशभर बल प्रयोग, इटहरीमा गोली चल्यो, पोखरामा गोली लागेर ५ घाइते
NEWS

जेनजीमाथि देशभर बल प्रयोग, इटहरीमा गोली चल्यो, पोखरामा गोली लागेर ५ घाइते

काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा सरकारले काठमाण्डौमा मात्र नभई देशभर बल प्रयोग गरेको पाइएको छ ।  काठमाण्डौको बानेश्वर क्षेत्रको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । डेढसय बढी घाइते छन् । 

अपडेट: बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुग्यो
NEWS

अपडेट: बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ । 

बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुग्यो
NEWS

बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।  विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या १३ पुगेको देखिएको हो ।  मिडियाहरुमा अपरान्ह ३ः४५ सम्म अस्पतालहरुबाट आएको अपडेटअनुसारको मृतकको संख्या १३ पुगेको हो, जुन अझै बढ्नसक्ने देखिएको छ । 

पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा जारी
NEWS

पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाण्डौ । जेनजीको आन्दोलनले उग्र रुप लिएपछि पोखरामा समेत निषेधाज्ञा आदेश जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो । 

बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !
ECONOMY& POLITICS

बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !

काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका ९ जना जेनजीको मृत्यु भएको छ । 

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
ECONOMY& POLITICS

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !
NEWS

प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !

काठमाण्डौ ।  प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ।  अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो । 

प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने
NEWS

प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने

काठमाण्डौ । जेनजीले काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरी गोली चलाउँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अरु केहीको पनि मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । 

जेनजीको आन्दोलनले हल्लियो सरकार, फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्धको निर्णय फिर्ता हुने सम्भावना
NEWS

जेनजीको आन्दोलनले हल्लियो सरकार, फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्धको निर्णय फिर्ता हुने सम्भावना

जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित
NEWS

जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित

काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् ।  समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X