बिहीबार, बैशाख २४,२०८३ 07:33:05
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 07:33:05
भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो
NEWS

भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो

काठमाण्डौ । भेडे  खुर्सानीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भेडे खुर्सानीको मूल्य ४६ प्रतिशतले बढेको छ ।  यससँगै भेडे खुर्सानीको औषत प्रतिकेजी मूल्य ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो ।  यस्तै आज रातो आलुको मूल्य ३ प्रतिशतले बढेर ६७ रुपैयाँ, आलु रातो (मुडे)को ४...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
ECONOMY& POLITICS

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौ । मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय हो ।  मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।  

एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार
NEWS

एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।  सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।

बागमतिसहित ३ प्रदेशमा भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?
NEWS

बागमतिसहित ३ प्रदेशमा भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध
OTHERS

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध

काठमाण्डौ । तालिबान नेतृत्वको सरकारले अफगानिस्तानमा मार्सल आट्स(एमएमए)बक्सिङमा प्रतिबन्ध लगाएको छ । इस्लामिक कानून अनुसार हिंसात्मक भएकाले एमएमए बक्सिङमाथि प्रतिबन्ध लगाएको तालिबानले जनाएको छ ।  तालिबान सरकारका खेलकुद विभागका एक अधिकारीले स्थानिय टेलिभिजनसँग अन्तर्वार्ता दिदै एमएमए धेरै हिंसात्मक भएको र यसले ज्यान समेत जाने सक्ने बताएका छन् ।  

जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनः सञ्चालनमा
TOURISM

जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनः सञ्चालनमा

काठमाण्डौ । जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा आएको छ । पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो। जुन २ महिनापछि आजदेखि सञ्चालनमा आएको हो ।  २ महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको छ । यस्तै तारा एयरको जहाजले पनि यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। बेनी–जोमसोम...

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणका लागि जुट्यो सहमति
NEWS

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणका लागि जुट्यो सहमति

काठमाण्डौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अघि बढाउनका लागि सहमति जुटेको हो ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री...

पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड
NEWS

पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविको पार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी)...

भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ
NEWS

भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ

काठमाण्डौ । आज भिण्डीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भिण्डीको मूल्य २८ प्रतिशतले बढेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३५ रुपैयाँ रहेको भिण्डीको औषत मूल्य बढेर ४५ रुपैयाँ पुगेको छ । यस्तै आज तिते करेलाको मूल्य पनि १८ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ पुगेको छ ।  

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का
ECONOMY& POLITICS

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त...

आज यी ४ प्रदेशमा भारी वर्षा हुने
NEWS

आज यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि...

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँबराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
ECONOMY& POLITICS

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँबराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

काठमाण्डौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान...

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन
ECONOMY& POLITICS

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाण्डौ । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवं सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।  समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा  समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू...

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित
ECONOMY& POLITICS

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाण्डौ । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको छ ।  उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि...

राजश्व चुहावट गर्ने कसैले छुट पाउँदैन, निर्मम भएर अनुसन्धान हुन्छः अर्थमन्त्री
ECONOMY& POLITICS

राजश्व चुहावट गर्ने कसैले छुट पाउँदैन, निर्मम भएर अनुसन्धान हुन्छः अर्थमन्त्री

काठमाण्डौ । केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।  उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजश्व सङ्कलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा...

उच्च पदस्थ प्रहरीको बैंक खाता जाँच हुँदैछ, ट्राफिक प्रहरी नसुध्रिए कारबाहीः आईजीपी कुँवर
NEWS

उच्च पदस्थ प्रहरीको बैंक खाता जाँच हुँदैछ, ट्राफिक प्रहरी नसुध्रिए कारबाहीः आईजीपी कुँवर

काठमाण्डौ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताएका छन् । कुँवरले भैरहवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन् ।  प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान मुख्य प्राथमिकता ।हेको बताउँदै कुँवरले प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताए । यस्तै उनले...

हरियो खुर्सानीको मूल्य ७५% ले बढ्यो, अन्य कुन तरकारीको भाउ भयो घटबढ ?
NEWS

हरियो खुर्सानीको मूल्य ७५% ले बढ्यो, अन्य कुन तरकारीको भाउ भयो घटबढ ?

काठमाण्डौ । हरियो खुर्सानीको मूल्यमा व्यापक वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानी(बुलेट)को मूल्य ७५ प्रतिशतले बढेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ रहेको हरियो खुर्सानी(बुलेट)को औषत मूल्य बढेर ११४ रुपैयाँ पुगेको छ । यस्तै आज टाटे सिमीको मूल्य पनि ७२ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य...

आज मौसम आंशिकदेखि साधारणतया बदली रहने, कर्णाली र कोशी प्रदेशमा भारी वर्षा हुने
NEWS

आज मौसम आंशिकदेखि साधारणतया बदली रहने, कर्णाली र कोशी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण
NEWS

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

काठमाण्डौ। काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हिजोदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन यामाहाले रोमाञ्चक प्रभाव जमाउन सफल भएको छ। प्रदर्शनीमा यामाहाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरण गरेको हो।एरोक्स, यामाहा एपफ जेड एस डिलक्सका प्रदर्शनले...

साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली
NEWS

साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली

काठमाण्डौ। नेपालले साउनमा मात्रै भारतलाई चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको हो।नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.