कक्षा १२ को मौका परीक्षा स्थगित
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
TRENDING
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
काठमाण्डौ । जेनजीले नेपाली सेनासँग निर्णायक वार्तामा बस्नका लागि एउटै वार्ता टोली बनाउन, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंग्याउन र जेनजीको नेतृत्व कसले गर्ने भन्ने विषयमा निश्कर्ष निकाल्न नसकेपछि अन्यौल बढेको छ । जेनजी नामको आन्दोलनमा सहभागी दर्जनौ समूहहरुले आफूहरु आधिकारिक समूह भएको दाबी गर्दै नेपाली सेनासम्म छलफलका लागि प्रस्तावहरु पुर्याएका छन् ।...
काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डौ आईपुगेका छन् । जेनजी प्रदर्शनका कारण सिर्जित विषम परिस्थितीकाबीच मेयर साम्पाङ आज काठमाण्डौ आई पुगेका हुन् । उनले फेसबुकमार्फ आफू राजधानी आईपुगेको जानकारी दिएका छन् ।
काठमाण्डौ । जेनजी अभियन्ताले रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आफूहरुलाई दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएकि छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै यस्तो बताएकि हुन् । दुर्गा प्रसाईं र रास्वपा समूह पनि प्रदर्शनको स्टेकहोल्डर भएकाले उनीहरुसँग पनि वार्तामा सँगै बस्नुपर्ने प्रधानसेनापति सिग्देलले बताएपछि आफूहरु नेपाली...
काठमाण्डौ । सुन्धारास्थिति केन्द्रीय कारागारबाट पूर्व उप–प्रधान तथा पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारबाट भागेका हुन् । कारागारमा रहेका ३८ सय कैदीमा ३३ सय भन्दा बढी कैदी बुधबार फरार भएका छन्, जसमा रायमाझी पनि फरार भएका हुन् ।
काठमाण्डौ । मंगलबार कालिमाटीमा प्रहरीले चलाएको गोली लागेका एक व्यक्तिको निधन भएको हो । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय देवकुमार सुवेदी रहेका छन् । उपचारको क्रममा उनको आज अस्पतलामा निधन भएको हो ।
काठमाण्डौ । जेनजी प्रतिनिधिसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५/१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको छ । उक्त प्रतिनिधि मण्डलसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा पुगेका हुन् ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।विमानस्थलबाट हिजोबाट उडानहरु बन्द गरिएको थियो ।
काठमाण्डौ । जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको हो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन्े ।...
काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको...
काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।
काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा मंगलबार आगजनी भएको छ। सोही घटनामा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।
काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्णरूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले अर्को सूचना नआएसम्म उडान सेवा सुचारु नहुने स्पष्ट पारेको छ।
कठमाण्डौ । नेपाली सेनाले डिल्लीबजार कारागार आगो लगाएर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर फर्काएको छ । कारागार तोडफोड गर्दै आगजनी गरेपछि आ आफ्नो झोलासहित भागेका कैदीबन्दीलाई सेनाले समयमै नियन्त्रणमा लिएर पुनः कारागार नै फर्काएको हो ।
काठमाण्डौ । देशभरका कारागारहरूबाट कैदीबन्दीहरू ठूलो संख्यामा फरार भएका छन्, जसले सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ। कारागार व्यवस्थापन विभागका अनुसार, देशभर करिब ३०,००० कैदीबन्दी थिए, तर हाल कति फरार भए भन्ने यकिन तथ्यांक उपलब्ध छैन। यो अभूतपूर्व घटनाले समाजमा असुरक्षा र दण्डहीनताको जोखिम बढाएको छ।
काठमाण्डौ । जेनजी आन्दोलनकारीबाट घरमै निर्घात पिटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट आएको छ ।
काठमाण्डौ । पोखरा नयाँबजारस्थित गण्डकी प्रदेश सरकारका मन्त्री विन्दूकुमार थापाको घरमा जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।
काठमाण्डौ । डिल्लीबजारको चारखालमा रहेको कारागार क्षेत्र तनावग्रस्त बनेको छ । त्यहाँका कैदीबन्दीले आफूहरुलाई पनि छाड्नुपर्ने माग गर्दै कारागारभित्रै नाराबाजीसहित आगजनी गरेका थिए । उनीहरु तोडफोडमा समेत उत्रिएर अवस्था तनावपूर्ण बनाएपछि नेपाली सेनाको सहयोगमा उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.