बढ्दो आम्दानीबीच पनि विद्युत् प्राधिकरणको नाफा घट्दै, खर्चको दबाब मुख्य चुनौती
काठमाण्डौ । विद्युत् बिक्री र अन्य आम्दानी बढ्दै गए पनि नेपाल विद्युत् प्राधिकरणको नाफा भने लगातार खुम्चिँदै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४३ प्रतिशत कम हो।आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षमै नाफा ३ अर्ब ८७ करोड रुपैयाँले...

