एसबिआई बैंकको ऋणपत्रको समयावधि वैशाखमा सकिने, कहिलेदेखि पाइन्छ साँवा र ब्याज रकम ?
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रको समयावधि आगामी वैशाखमा सकिने भएको छ । बैंकको ‘७.९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८०’नामक ऋणपत्रको समयावधि वैशाख ६ गते सकिन लागेको हो । बैंकले उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ वैशाख ७ गतेदेखि बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट भुक्तानी गरिने जनाएको छ । ऋणपत्रधनीहरुले ऋणपत्रको साँवा र तिर्न बाँकी...