यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन नै घट्यो भने १ दिन बढ्यो । यो साता दशैंपछि खुलेको बजारमा बिक्री दबाब देखियो । अघिल्लो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको बजार यो साता २६२७.१४ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ११८.२२ अंकले घट्यो । अघिल्लो साता दोस्रो बजार ७६.८३ अंकले बढेर बन्द भएको थियो । यो साताको ५ दिन कारोबारमा...