कुमारी बैंकको ५.२५ लाख कित्ता सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।