सीआईटीले घोषणा गर्यो लाभांश, बोनस कति ?
काठमाण्डौ । नगारिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकलेे गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।