शुक्रबार, पुष २६,२०८१ 02:10:38
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 02:10:38
पोखरा फाइनान्सका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु
STOCK MARKET

पोखरा फाइनान्सका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु भएको छ । गुरुङको भदौ १८ गते असमायिक निधन भएको कम्पनीले जनाएको छ ।  उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा
STOCK MARKET

ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आगामी असोज महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोजमा ११ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको उक्त सभा असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्वाराही चोकमा रहेको लर्ड पार्टी भेन्यूमा बिहान ९ बजोदेखि सञ्चालन हुनेछ ।  

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं  वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १२ गते काठमाण्डौको शंखमुलमा रहेको ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहानको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने...

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने
STOCK MARKET

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज २१ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने
STOCK MARKET

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा हकप्रद अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, ग...

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय
STOCK MARKET

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यो योजनाको बुक क्लोज भदौ २३ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यो योजनाका लागि प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका...

मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो ।  बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभाको मिति, समय र स्थान तय गरेको छ । सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु...

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डचौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  बैंकले बिक्री गर्ने कित्ताका बारेमा भनेृ केही खुलाएको छेन । यो सेयर खरिदका लागि जो स्कै व्यक्ति तथा कम्पनीले आवेदन दिन...

आज बस्दैछ रिलायन्स फाइनान्सको साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा
STOCK MARKET

आज बस्दैछ रिलायन्स फाइनान्सको साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  सभा काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।  उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल)...

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
STOCK MARKET

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  बैठकले बार्षिक कार्ययोजना र केही...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज नेप्से परिसूचक ९० अंकले घट्दा करिब १३ अर्बको सेयर कारोबार भएको छ । प्राविधिक  रुपमा आजको बजारलाई नियाल्दा आज पनि बजारले बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ ।  यस अघि पनि बजारले गत भदौ १२ गते मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको थियो । योसँगै सोमबारको १२७ अंकको बढोत्तरी, डेढ क्याट बाउन्स भएको पुष्टि भएको छ । बजारले यहाँ डेली बेसमा इभिनिङ स्टार...

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६६ करोडको खरिद र ७० करोड ५० लाखबराबरको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट करिब ५४ करोडको खरिद र ६० करोड ४३ लाखको बिक्री भएको छ ।

दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प
STOCK MARKET

दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प

काठमाण्डौं । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने निश्चित प्रायः बनेको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो ।  यससँगै हाल सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको कन्त विजोग हुने भएको छ । हाल ६ महिनादेखि परीक्षणमा रहेको भनिएको नयाँ टीएमएस उक्त ब्रोकर बाहेक अन्य कुनै पनि ब्रोकरबाट...

नेप्सेमा १.६८ करोड कित्ता सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १.६८ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल(को लिलामीमार्फत बिक्रीमा राखिएको १ करोड बढी कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य...

९३% लगानीकर्ताको हातमा टीएमएस, बजार मूल्यमा नै किनबेच गर्दा उच्च अंकको उतारचढाव
STOCK MARKET

९३% लगानीकर्ताको हातमा टीएमएस, बजार मूल्यमा नै किनबेच गर्दा उच्च अंकको उतारचढाव

काठमाण्डौं । हाल सेयर बजारमा टीएमएस प्रयोगकर्ताको संख्या २३ लाख भन्दा बढी पुगेको छ । जसमा दैनिक ९३ प्रतिशत लगानीकर्ताले आफै सेयर कारोबार गर्ने ब्रोकरहरु बताउँछन् ।  टीएमएस आउनु भन्दा पहिले सेयर कारोबार गर्न लगानीकर्ताहरुले ब्रोकरलाई सम्पर्क गर्नु पर्थ्यो । त्यो समय ब्रोकरहरुको पनि सल्लाह लिएर लगानीकर्ताहरुले किनबेच गर्ने भएको कारण लगानीकर्ताहरुको निर्णय केही फेरिन...

एनएलजी र हिमालयन एभरेष्टको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
STOCK MARKET

एनएलजी र हिमालयन एभरेष्टको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ लाख ६५ हजार ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ३.७१ प्रतिशत र...

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’
STOCK MARKET

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ६५ लाख ८४ हजार १९२...

मातृभूमि लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त
STOCK MARKET

मातृभूमि लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको भदौ १८ गते बसेको सञ्चालक समितिको १४९औं बैठकले भट्टराईलाई सञ्चालक नियुक्त गरेको हो ।  कागेश्वरी–६, काठमाण्डौ निवासी उनलाई आगामी ४ वर्षका लागि संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ । 

पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
STOCK MARKET

पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

काठमाण्डौ । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले प्राथमिक बजारबाट पूँजी जुटाउने भएको छ । कम्पनीले आम सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी जुटाउने योजना बनाएको हो ।  कम्पनीले आईपीओ निष्काशनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते बुधबारका दिन काठमाण्डौको एयरपोर्ट होटल...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.