ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिमटेडका अनुसार कम्पनीको आइपीओमा ४ लाख ९८ हजार १६१ जनाले आवेदन दिएका छन् । आज पहिलो दिनमै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको ६१ लाख ७३ हजार ६२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको...