वार्षिक औषत साढे ११ प्रतिशत लाभांश दिएको महालक्ष्मी विकास बैंकको आगामी यात्रा कस्तो ?
काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालका १५ वटा विकास बैंकहरु मध्ये एक हो । यो बैंक केन्द्रिय स्तरको विकास बैंक हो । यस बैंकका उत्यका र उपत्यका बाहिर गरेर प्रधान कार्यलयसहित १०३ वटा शाखा रहेका छन् । यस बैंकले निक्षेप संकलन तथा कर्जा परिचालन , रेमिट्यान्स तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।